विराटनगर : सुनसरीको रामधुनी नगरपालिकाबाट भन्सार छली गरी अवैधरुपमा नेपाल ल्याएको कपडा प्रहरीले बरामद गरेको छ । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय पकली र प्रहरी चौकी सिंघियाबाट खटिएको प्रहरी टोलीले ७ सय ८४ पिस कुर्था सुरुवाल बरामद गरेको हो ।
रामधुनी ४ स्थित भित्रि सडकखण्डमा अवैधरुपमा भन्सार छलि गरी सडक छेउमा राखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको उक्त कपडा करिब ४ लाख ३४ हजार मुल्य बराबरको छ । बरामद गरेको उक्त कपडा आवश्यक कारवाहीका लागि सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।