Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्दीपको निवेदनमाथि आज सुनुवाइ हुदैँ



काठमाडौं : बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेकाे निवेदनमा आज बहस हुनेछ। आज हुने मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ।

उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छाड्ने आदेश दिएपछि उनी राष्ट्रिय टीममा फर्केका थिए। र सन्दीपले क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए।

तर सर्वोच्चले सन्दीपलाई विदेश भ्रमणमा रोक लगाएको थियाे। र आज हुने सुनुवाइमा पनि यो विषयलाई महत्वका साथ उठाउनेे तथा पाटन उच्च अदालतले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएकाे बारे बहस हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार