Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राप्रपाका सबै मन्त्रीले बुझाए राजीनामा



काठमाडौ । राप्रपाबाट मन्त्री बनेका चारै जनाले राजीनामा दिएका छन्।
उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन्।
राप्रपा केन्द्रीय कार्यसमिति र संसदीय दलको शनिबार बिहान बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
राष्ट्रपति निर्वाचनमा फेरिएको राजनीतिक गठबन्धनका कारण राप्रपाले सरकारमा नबस्ने निर्णय गरेको हो।
पुस १० गते सात राजनीतिक दलबीच गठबन्धन बन्दा दाहाललाई प्रधानमन्त्रीमा राप्रपाले सर्मथन गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार