विराटनगर : तेह्रथुमको आठराई ६ चुहानडाँडामा शुक्रबार आगलागी हुँदा १४ घर जलेर नष्ट भएको छ । आगलागीमा परी स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते हभएका छन् । उनको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको जनाइएको छ ।
आठराई ६ का वडा अध्यक्ष कृष्ण बाँस्कोटाका अनुसार तामाङ समुदायको बसोबास रहेको हातिखर्कमा १४ घरमध्ये नौ घरमा मात्र मानिस बस्दै आएका थिए । पाँच घर भने खाली रहेको जनाइएको छ ।
सोमबहादुर तामाङ, वीरधन घिसिङ, आसबहादुर घिसिङ, भक्तबहादुर वाइवा, भीमबहादुर वाइवा, सूर्यबहादुर योञ्जन, सुरेन्द्र वाइवा, दधिराम वाइवा, दलबहादुर तामाङ, अमरबहादुर वाइवा, राइबहादुर तामाङ, डिकधोज तामाङ, शंखर योञ्जन तामाङ र जसबहादुर घिसिङका घर जलेर पूर्ण रुपमा क्षति भएको बाँस्कोटाले जानकारी दिए ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन्। तर केही पशु चौपाया भने जलेर मरेका छन् ।
लामो समयदेखि पानी पर्न नसकेको कारण सुख्खाग्रस्त क्षेत्रबाट आगो सल्किएको बताइएको छ । आगलागी भएको बस्तीमा सबै फुसका घर थिए ।
तमोर नदि किनारको जंगलबाट सुरूभएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा ठूलो क्षति भएको हो ।
आगो नियन्त्रणमा खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयले थप घरहरुमा आगो सल्किन नदिन निरन्तर प्रयास गरिरहेका छन् । तर पनि आगो नियन्त्रण गर्न नसकिएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण र क्षतिको विवरण नआइसकेको प्रहरीले जनाएको छ ।