Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बेलबारीमा पुल उद्घाटन गर्दै मन्त्री चापागाईंले भने: प्रदेशले गरेका कामको उल्लेख्य प्रचार भएन्



विराटनगर : मोरङको बेलाबारी नगरपालिका वडा नम्बर ४ स्थित लिम्बूचोक- सभापुर जोड्न केशलीय खोलामा नवनिर्मित पुलको उद्घाटन भएको छ । शुक्रबार प्रदेश नम्बर १ का सडक पूर्वाधार तथा सहरी विकासमन्त्री चापागाईंले पुलको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री चापागाईंले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारमा रहेर उल्लेख्य काम गरेको भए पनि त्यसको प्रचारप्रसारमा कमी हुँदा ओझेलमा परेको बताए ।

केन्द्रसम्म पहुँच नपुग्नेहरुका लागि प्रदेश कोसेडुंगा भएको बताउँदै उनले प्रदेश सरकार गठन भएयता जनताका थुप्रै समस्या समाधान भइरहेको बताए ।

यस्तै उनले प्रत्येक्ष जनतासँग जोडिएका विकास निर्माणका काम गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्ने बताए ।

पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठका अनुसार उक्त पुल निर्माणको ठेक्का गीताञ्जली कन्ट्रक्सन प्रालिले पाएको थियोे । ६ करोड १८ लाख ४३ हजारमा निर्माण भएको उक्त पुल निर्माणका लागि २०७६ फाल्गुन १८ गते सम्झौता भएको थियो । पुलको लम्बाई ३७ मिटर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार