Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अन्ततः यूएई जान नपाउने भए सन्दीप लामिछाने



विराटनगर : अन्ततः सन्दीप लामिछाने यूएईमा हुने आईसीसी लिग-२ अन्तर्गतको सिरिज खेल्न जान नपाउने भएका छन् । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले उनलाई यूएई जान रोक लगाएको हो ।

अदालतले सन्दीपको विदेश जान पाउँ भनी निवेदन दिएका थिए । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि सन्दीपबिनाको टिम घोषणा गरेपछि उनी अदालत पुगेका थिए ।

एक नाबालिक बालिकालाई बलात्कार गरेको आरोप लागेपछि क्यानले सन्दीपलाई गत भदौ २३ गते राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो ।

नाबालिक बालिकालाई बलात्कार गरेको आरोप लागेपछि उनलाई प्रहरीले करिब ६ महिना हिरासतमा राखेको थियो । उनीविरुद्ध लागेको बलात्कार मुद्दा अझै पनि जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।

तर, उच्च अदालत पाटनले गत पुस १८ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार थुनामुक्त भए पनि उनलाई विभिन्न शर्तमा छाडिएको थियो । उक्त सर्तमा उनलाई विदेश जान रोक लगाइएको थियोे ।

६ महिना टिम बाहिर रहेका सन्दीपलाई क्यानले निलम्बन फुकुवा गर्दै पुनः राष्ट्रिय टोलीमा समावेश गराएको थियो । तर, बलात्कार आरोप लागेका अभियुक्तलाई मुद्धा किनारा नलाग्दै राष्ट्रिय टोलीमा समावेश गराएको भन्दै क्यानको सबत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार