Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हिंसा दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिनु दुखद : अध्यक्ष ओली

जनता परस्परमा लड्ने-लडाउने कुरालाई स्विकार्न सकिँदैन्



विराटनगर : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएर सार्वजनिक विदा दिने निर्णयप्रति दुख व्यक्त गरेका छन् ।

आफ्नो ७२ औँ जन्मदिनको अवसरमा बालकोटमा आयोजित एक कार्यक्रममा बोलदै ओलीले हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउने भनेर फेरि क्यालेन्डरमा राख्न लगाउने निर्णय दुख दिने निर्णय भएको बताए ।

उनले वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै भने, ‘देशमा हिंसा टुंगिएको थियो तर, हिंसाको धङ्धङी चाहिँ अझै पनि छ जस्तो देखिन्छ केही मानिसहरुका क्रियाकलाप र व्यवहारमा ।’ उनले हिंसाको मानसिकता, हिंसाप्रति गर्वगर्ने प्रवृत्ति नछुटेको बताए ।

‘हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरी त्यसको महिमा मण्डन गर्नुपर्यो ?’ उनले भने, ‘यसले सम्झिसम्झि हिंसाप्रतिको पूरानो लगाव सम्झिए जस्तो मात्र लाग्छ ।’ नेपाल कहिल्यै पनि हिंसाको पक्षमा हुन नसक्ने बताउँदै नेपाली जनता परस्परमा लड्ने लडाउने कुरालाई स्विकार्न नसक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार