Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुर्खेतमा प्रहरी जवानद्वारा कन्चटमा गोली हानी आत्महत्या



विराटनगर : कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक जना प्रहरी जवानले आफैँले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् ।

सर्खेतस्थित प्रदेश प्रहरी गणमा कार्यरत दार्चुलाको अपी नगरपालिका–६ का २६ वर्षीय कविन्द्र बिकले गएराति ड्युटी बसिरहेको समयमा आफैँले कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।

बिक बिहान १ बजेदेखि ३ बजेसम्मको समयमा ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए ।

डिउटीमा खटिएका उनले डिउटी सकिने बेलामा आफैँले बोकेको एसएलआरबाट दाहिने साइडको कन्चटमा गोली हानी आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले आत्महत्याको कारण अहिलेसम्म पत्ता लाग्न नसकेको बताए ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार