Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा ट्राफिक लाइट जडान हुने



विराटनगर : प्रदेश नम्बर १ को राजधानी विराटनगरमा ट्राफिक लाइट जडान गरिने भएको छ । महानगरका मुख्य राजमार्ग र बजार क्षेत्रका ८ स्थानमा लाइट जडानको तयारी भएको हो ।

मोरङ जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विराटनगर आठ स्थानमा ट्राफिक लाइट जडान गर्न लागेको बताए ।

मुख्य राजमार्गअन्तरगत विराटनगरको रोडशेष चोकदेखि राजवंशी चोककसम्म पाँच र बजार क्षेत्र (ट्राफिक चोकदेखि तीनपैनीसम्म) तीन स्थानमा ट्राफिक लाइट जडान हुने उनले जानकारी दिए ।

मुख्य राजमार्गका पाँच स्थानमा ६ लेन सडक आयोजना इटहरी र बजार क्षेत्रका तीन स्थानमा विराटनगर महानगरपालिकाले ट्राफिक लाइट जडान गर्ने भएको हो ।

प्रदेश १ कै ठूलो औद्योगिक शहर मानिएको विराटनगरमा हालसम्म ट्राफिक लाइट जडान भएको थिएन् । इटहरीमा भने गत वर्ष ट्राफिक लाइट जडान गरिएको थियो ।

सडक आयोजनाले रोडशेष, घाँसचोक, बरगाछी, कञ्चनबारी र राजवंशी चोक तथा विराटनगर महानगरपालिकाले जलजला चोक, तीनपैनी र ट्राफिक चोक वा अस्पताल चोकमध्ये एक ठाउँमा ट्राफिक लाइट जडान गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार