विराटनगर : विराटनगरको दरैया बस्तीमा तस्करको समूहले तरबार प्रहार गर्दा एक जना व्यापारी गम्भीर घाइते भएका छन् । नेपाल भारत सीमा क्षेत्रमा तस्करको समूहको आक्रमणबाट अंकित भगतलाई गम्भीर घाइते भएका हुन् ।
भारतको टिकुली बस्ती घर भएका रामु मण्डल र उनका छोरा अक्षय मण्डलले तरबार प्रहार गरेको प्रहरीले बताएको छ । स्रोतका अनुसार
पुरानो रिसिइबिलाई लिएर तरबार प्रहार गरेको हुनसक्ने बताइएको छ ।
प्रहरीका अनुसार तरबार प्रहारबाट भगतको घाँटीमा गम्भीर चोट लागेको छ । घाइते भएका उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मोरङ प्रहरीले तरबार प्रहार गर्ने दुवै जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।