Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जन्ममितिबारे प्रश्न उठेपछि डीआईजी सिंहले दिए राजीनामा



काठमाडौं :  प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहले जन्ममितिबारे प्रश्न उठेपछि बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन्।

उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको प्रतिस्पर्धामा थिए।

उनले गएको जेठ २२ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदबाटै अनिवार्य अवकाश पाउनुपर्ने थियो। तर, उनले आफ्नो जन्म मिति ढाँटेर सेवामा बहाल रहेको र बढुवा समेत लिएको पुष्टि भएको थियो।

नागरिकताको प्रमाणपत्रमा उनी २०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको उल्लेख छ। उक्त समयमा १८ वर्ष पूरा हुन कम्तीमा पनि २०२४ साल जेठ २२ गते जन्मिएको हुनुपर्छ। यस हिसाबले हेर्दा २०७९ जेठ २२ गते उनी ५५ वर्षको पुग्ने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार