विराटनगर : झापामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सहयोगी एक युवाले आत्मदाहको प्रयास गरेका छन्। मंगरबार अपराह्न ४ बजे बिर्तामोडको मुक्तिचोकमा शरीरमा पेट्रोल छर्किएर ३४ वर्षीय विजय चौधरीले आत्मदाहको प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार चौधरी बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे । उनी दुर्गा प्रसाईंको सहयोगीका रूपमा रहेका थिए ।
चौधरी बिर्तामोड नगरपालिका वडा नम्बर ७ निवासी हुन् ।
पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका चौधरीलाको अहिले बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको छ।
डीएसपी रिजालले आत्मदाह गर्नुको कारण भने खुल्न नसकेको जानकारी दिए ।