Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्दीपको आक्रमक बलिङमा स्कटल्याण्ट २१३ रनमा ‘अलआउट’



विराटनगर : नेपालका लेग स्पिनर सन्दीप लामिछानेको आक्रमक बलिङमा स्कटल्याण्डले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजअन्तर्गत मंगलबारको खेलमा नेपालले मध्यक्रमको योगफल पाएको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा सन्दीप लामिछानेले एक्लैले चार विकेट लिए । सन्दीपले ७.५ ओभरमा स्कटल्याण्डका पुर्व कप्तान कायल कोट्जरलाई आउट गराएर पहिलो विकेट लिएका थिए । कोट्जरले २३ बलमा २२ रन बनाएर आउट भए ।

यस्तै १३ औँ ओभरमा बलिङमा आएका सन्दीपले पाँचौ र छैटौँ बलमा लगातार दुई विकेट लिँदै ह्याट्रिक पुरा गरे । १३.५ ओभरमा जर्ज मुन्शे बोल्ड आउट भए । उनी ५० बलमा ६० रन बनाएर आउट भए ।

सन्दीपले १३ औँ ओभरको अन्तिम बलमा स्कटल्याण्टका कप्तान रिचि वेरिङ्गटनलाई शुन्य रनमा आउट गराए । २१.३ ओभरमा टोमस म्याकिन्टोसको विकेट लिँदै उनले चौथो विकेट लिएका थिए । सन्दीपले कुल १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिए । योसँगै उनले जारी सिजनमा १४ विकेट लिएका छन् ।

यस्तै करण केसीले तीन विकेट लिए । उनले ब्रान्डन म्याकमुलेन, मार्क वाट र माइकल लिस्कलाई आउट गराए । केसीले ८.१ ओभर बलिङ गर्दै ४३ रन खर्चिएर तीन विकेट लिए । कुशल मल्ल, दिपेन्द्रसिंश ऐरी र ललितनारायण राजवंशीले समान १–१ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार