Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्कटल्याण्टविरुद्ध सन्दीपको आक्रमक बलिङ, नेपाललाई दिलाए पाचौँ सफलता



विराटनगर : आईसीसी विश्वकप लिग– २ अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजअन्तर्गत स्कटल्याण्टविरुद्धको खेलमा नेपालका सन्दीप लामिछानेले व्यक्तिगत चौथो विकेट लिएका छन् ।

२१.३ ओभरमा टोमस म्याकिन्टोसको विकेट लिँदै नेपालका लागि पाँचौ सफलता दिलाएका हुन् ।

नेपालका लागि कुशल मल्लले चौथो विकेट लिएका थिए । २०.२ ओभरमा स्कटल्याण्टका क्रिस्टोफर म्याकब्राइडलाई कुशलले एलपीडब्लू आउट बनाएका थिए ।

सन्दीपले ७.५ ओभरमा स्कटल्याण्डका पुर्व कप्तान कायल कोट्जर, १३.५ ओभरमा जर्ज मुन्शे र सन्दीपले १३ औँ ओभरको अन्तिम बलमा स्कटल्याण्टका कप्तान रिचि वेरिङ्गटनलाई शुन्य रनमा आउट गराएका थिए ।

योसँगै जारी सिजनमा सन्दीपले १४ विकेट पूरा गरेका छन् ।

अहिले २४ ओभरको समाप्तीमा स्कटल्याण्डले पाँच विकेटको क्षतिमा १२९ रन बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार