Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको बुढीगंगामा बोराभित्र महिलाको शव फेला



विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर २ अमाहिमा एक जना महिलाको हत्या गरी बोराभित्र हालेको अवस्थामा शव भेटिएको छ ।

मोरङ प्रहरिका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीका अनुसार अन्दा३५ वर्षीया महिलाको बोराभित्र शव भेटिएको हो । ती महिलाको अहिलेसम्म पहिचान खुलेको छैन् ।

मृतक महिलाको शव स्थानीय नरसिंह चौधरिको घरमा बोराभित्र हालेको अवस्थामा भेटिएको कार्कीले बताए । मोरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहल नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको बताइएको छ ।

घटनास्थलमा खटेका प्रहरी अधिकारीका अनुसार ती महिलाको घाँटीमा चोट लागेको छ । प्रहरीले घटनासम्बन्धमा थप अनुसनधान सुरु भइरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार