Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

खेलकुद महासङ्घको महाधिवेशनमा विराटनगर आएका प्रतिनिधिको मोटरसाइकल दुर्घटनामा परी मृत्यु



विराटनगर : विराटनगरमा जारी नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा सहभागी एक जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार राति ११ बजे विराटनगर ५ मा रहेको होटेल मनासलु अगाडी मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ घर भएका २६ वर्षी प्रकाश महतको मृत्यु भएको हो ।

महाधिवेशनमा उनी अर्घाखाँची जिल्लाबाट प्रतिनिधि भएर विराटनगर आएका थिए । महासंघको अधिवेशन आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्धाटन गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार लु १८ प ५४५६ नम्बरको मोटरसाइकलमा सवार महतलाई विराटनगर – इटहरी सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १– ०२०४२ प ६०४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी घाइते भएका उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । खेलकुद महासङ्घको बन्दसत्र होटेल मनासलुमा हिजैबाट सुरु भएको छ ।

बन्दसत्र स्थगित भएपछि उनी होटलबाट बाहिर निस्केका थिए । प्रहरीका अनुसार देश १ –०२०४२ प ६०४९ नम्बरको मोटरसाइकल रातीको समयमा मादक पदार्थ सेवन गरी चलाएको कारणले दुर्घटना भएको बताएको छ ।

प्रहरीले उक्त मोटरसाइकलमा सवार एक व्यक्तिलाई पक्राउ गरेपनि मोटरसाइकल चालक स्वयम अन्सारी फरार छन् । पक्राउ परेका व्यक्तिले मापसे सेवन गरेको प्रहरीले जनाएको छ । फरार रहेका पनि मोटरसाइकल चालक अन्सारीको खोजी काषर्् तीव्र पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार