विराटनगर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका व्यक्तिले खेल क्षेत्रमा बस्न नहुने बताएका छन् । आज विराटनगरमा नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले अनुशासन र इमान्दारिताले मात्र खेल क्षेत्रको विकास गर्न सकिने बताए ।
उनले भने, ‘खेलको अभ्यासले मानिसलाई अभ्यस्त बनाउँछ । कसरी लड्ने कसरी पछारिने अभ्यासले मानिसलाई सफल बनाउनेछ । सबैभन्दा ठुलो कुरा आफ्नो कामप्रति इमान्दार हुनुपर्छ ।’
उनले आत्मविश्ववास अभावका कारण नेपाल पछाडि परेको पनि बताए । ‘नेपाली पछाडि पर्नुको कारण भनेको जित्छु नै भन्ने आत्मविश्वास नभएर हो । सगरमाथा चढ्न सधैँ नेपाली नै अगाडि हुन्छ त ?,’ उनले भने ।