Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईका ७ जना भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण



जग्गाधनी प्रमाण पुर्जा वितरण गर्दै उपप्रमुख दयमन्ता चुडाल

विराटनगर : मोरङको रतुवामाई नगरपालिकाले सात जना भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ ।

नगरपालिकाकी उपप्रमुख दमयन्तादेवी चुडालका अनुसार राष्ट्रिय भूमि आयोगले जारी गरेको सम्पूण प्रक्रिया पुरा गरी भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।

नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी प्रदेश सांसद गणेश उप्रेती, भूमि आयोग मोरङकी अध्यक्ष सुशिला घिमिरे, रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वर सिंह, उपप्रमुख दयमन्ता चुडाल लगायतले धनीपूर्जा वितरण गरेका हुन
।

सो अवसरमा राष्ट्रिय भूमि आयोगकी अध्यक्ष घिमिरेले संविधानमा प्रत्येक नागरिकलाई भूमिको ग्यारेन्टी गर्ने भनेर लिपीबद्ध गरिएको र त्यसको कार्यान्वयन स्वरुप जग्गा धनीपूर्जा वितरण गर्ने कार्य भइरहेको बताइन् । उनका अनुसार जिल्लामा हालसम्मस दुई सय घरपरिवारलाई धनीपूर्जा वितरण गरिएको छ ।

आफूहरुले चुनावमा जनताका घरदैलोमा पुगेर गरेको वाचा अनुसार नै पुर्जा वितरण कार्य अघि बढाइएको उपप्रमुख चुडालले बताइन् । नगरपालिकाले यसलाई निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार