विराटनगर : नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्समेन कुशल भुर्तेलले शतक पूरा गरेका छन् ।
विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध दुई सय ८६ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि भुर्तेलले शतक बनाएका हुन् ।
कुशलले ९९ बलमा शतक बनाएका हुन् । उनले ९ चौका र ४ छक्का प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो शतक हो ।
यो सँगै नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर २ सय २९ रन बनाएको छ ।