Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रोहित बने एकदिवसीय क्रिकेटमा हजार रन पूरा गर्ने नेपाली क्रिकेटर



काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका छन्।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा ५५ रन बनाउँदै रोहितले १ हजार रन पूरा गरेसँगै उनी १ हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन्।

उनले आजको खेलमा ७६ बलमा ७२ रन बनाएका छन् ।

रोहितले सन् २०१८ मा नेदरल्यान्ड्सबिरुद्धको दोश्रो खेलबाट नेपालको लागि ओडिआईमा डेब्यू गरेका थिए। ३३ खेल खेलेमा उनले १ हजार रन बनाउन सफल भएका रोहितले १ शतकसहित ६ वटा अर्धशतक बनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार