Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट श्रोत नखुलेको तीन लाखसहित एक जना पक्राउ



विराटनगर : मोरङको विराटनगरबाट प्रहरीले श्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका १ का ३२ वर्षीय उदियानन्द सरबरीया रहेका छन् ।

सोमबार बेलुका इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका सरबरीयालाई शंका मानी चेकजाँच गर्दा विना स्रोतको रकम फेला पारेको थियो ।

प्रहरीले उनको साथबाट श्रोत नखुलेको ३ लाख ५६ हजार २ सय १० रुपैया नेपाली नोट फेला पारेको हो ।

श्रोत नखुलेको रकमसहित पक्राउ परेका सरबरीयालाई प्रहरीले आवश्यक कारवाहीको लागि आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार