Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

‘भ्यालेन्टाइन डे’ र यसको सान्दर्भिकता


  • Purbeli Press
  • बुधबार, फाल्गुन २ २०८०

आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । नेपालीमा भन्दा प्रणय दिवस अथवा प्रेम दिवस । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । यो दिवस विशेष गरी युवायुवतीहरुले प्रेम साटासाट गरेर मनाउने गर्छन् ।

नेपालमा पनि ‘भ्यालेन्टाइन डे’ पछिल्ला केही वर्षदेखि महत्त्वपूर्ण हुन थालेको छ । यो दिनमा आफूलाई मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने र विभिन्न उपहार पनि साटासाट गर्ने चलन छ । मलाई लाग्दैन प्रेम गर्नलाई त्यस्तो कुनै दिवसको आवश्यक पर्छ । न कुनै मिति नै तोक्नुपर्छ । प्रेम स्वभवत हुने कुरा हो ।

अहिलेको समय परिवर्तित र आधुनिक छ । धेरैको जोडी सामाजिक सञ्जालले जुराइदिएको छ । सामाजिक सञ्जालमा समय व्यतित गर्नेहरू यसै मार्फत आफ्ना प्रेमीरप्रेमीकाहरुसँग रमाइरहेका छन् ।

प्रेम दिवसको इतिहास हेर्दा यसलाई एउटा संस्कृति पनि मान्न सकिन्छ । हामीले यसको सकारात्मक सदुपयोग गर्न जान्नुपर्छ । प्रेम दिवसका दिन विशेषगरी युवायुवतीहरुमा एकप्रकारको छुट्टै रौनक र उत्साह छाउने गरेको पाइन्छ । तर, प्रेमका नाममा हुने विभिन्न अनैतिक क्रियाकलापहरुले गर्दा नेपाली समाजले यसलाई अझै स्पष्ट स्वीकार गरी सकेको छैन् । आधुनिक युवापुस्ताले नै यसलाई विकृतिका रुपमा फैलाइरहेका छन् । यसलाई युवा पिडीले नै सपार्नु पर्छ ।

प्रेम गर्नु नराम्रो होइन् । मैले नराम्रो भन्न खोजेको पनि होइन । तर आफ्नो प्रेम भाव देखाउन तीन सय ६५ दिनमा ‘भ्यालेन्टाइन डे’ नै पर्खनु पर्दैन । फेब्रुअरी १४ त वर्षको एक दिन हो । हामीले वर्षभरी नै कसरी प्रेममय बनाउने भन्ने सोच्न जरुरी छ ।

विदेशी संस्कृतिबाट भित्रिएका यस्ता दिवसहरुले समाजमा विकृति फैलाइरहेका पनि छन् । भ्यालेन्टाइन डे मनाउन कतिले आफ्नो साँचो माया गुमाउनु पनि परेको छ । कतिले आफ्ना सपनाहरू धमिल बनाएका छन् । जर्बरजस्ती प्रेम गर्नेहरूको होडले पनि समाजमा विकृति, विसङ्गती फैलाइरहेको छ । साँचो र सच्चा प्रेम गर्नेहरूका लागि सधै प्रेम दिवस नै हो । आजकाल मानिसहरु देखावटीपनमा अल्झिएका छन् । कसैलाई देखाउनकै लागि पनि ‘ब्वाइफ्रेन्ड’ र ‘गलफ्रेन्ड’ बनाउने होडबाजी नै चलेको छ ।

मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कालाई प्रेम गर्नु कदापी नराम्रो होइन । प्रेम मन र भावनासँग जोडिएको विषय हो । प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न अनैतिक कार्य गर्नु चाहिँ नराम्रो कुरा हो । प्रेम गर्न सबैभन्दा पहिला मन मिल्नुपर्छ । एकअर्कामा प्रेम हुनु जरुरी छ ।

प्रेम भनेको निस्वार्थ हुनुपर्छ । माया भावनात्मक हुनुपर्छ । स्वार्थ भावका साथ आएको प्रेम प्रस्ताव कसैलाई मान्य हुने छैन । उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले निस्वार्थ गरेको माया दिगो हुन्छ । निस्वार्थ मायामा मिठास हुन्छ । प्रमे भनेको बाच्ने आधार पनि हो । भनिन्छ नि प्रेम जीवन हो । प्रेमले खुलेर बाच्न र खुसी हुन सिकाउँछ । मानिसको सम्बन्ध जोगाउने पनि प्रेम हो ।

प्रेम देखाउन खोजेर देखिने कुरा होइन । यसलाई केवल अनुभूति गर्नमात्र सकिन्छ । प्रेम गर्नु आफैमा राम्रो पक्ष हो । प्रेम दिवस एउटा संस्कृति पनि हो । यसलाई विकृतिका रुपमा नफैलाऔँ । सभ्य भएर यस्ता दिवसहरु मनाऔँ । ह्याप्पी भ्यालेन्टाइन डे !

प्रतिक्रिया
सम्बन्धित समाचार