Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जीवन विकासद्वारा आर्थिक अवस्था कमजोर भएकी लुंगेलीको घर निर्माणमा सहयोग



उर्लाबारी : जीवन विकास लघुवित्तले मोरङको उर्लाबारीकी सुनिता लुंगेलीको घर निर्माण गर्न सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएकी उर्लाबारी-१ झारसाँधीमा लुंगेलीको घर निर्माणमा लघुवित्तले सहयोग गरेको हो ।

लघुवित्तका शाखा प्रमुख जितहाङ् योङ्हाङ्का अनुसार १७ बोरा सिमेन्ट, १५० घना बाँस, टिना, काँटी, बालुवा लगायतका निर्माण सामाग्री लघुवित्तले सहयोग गरेको हो ।

उनी छिमेकीको साहारा लिएर बस्दै आएकी थिइन् । उनका दुई बालक छोरा, एक छोरी र श्रीमान छन् । श्रीमान कृष्णबहादुर थापा मृगौला रोगी छन् । वैदेशीक रोजगारीका क्रममा बिरामी परेका थापाको उपचारमा परिवार घरबारविहिन भएको थियो ।

यस्तै लघुवित्तले ७ हजार नगद पनि सहयोग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार