विराटनगर । जेसीज र विराटनगर जेसीजले मातृत्व प्रदान गरेका शाखाहरु टंकीसिनवारी जेसीज, दुहबी जेसीज, धरान जेसीज, ईन्द्रपुर जेसीज, भद्रपुर जेसीज, इनरुवा जेसीज, लहान सिटि जेसीज, जनकपुर जेसीज तथा राजविराज जेसीज लगायतका शाखाहरुको सहभागितामा बिराटनगर जेसीजको सभाहलमा तालिम सम्पन्न गरिएको हो ।
नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्याल प्रमुख प्रशिक्षक रहेको तालिममा बिराटनगर जेसीजका पूर्व अध्यक्ष सेवक बजगाई सह प्रशिक्षक थिए ।
विभिन्न शाखाका ८० भन्दा बढि सहभागिलाई तालिमका क्रममा प्रमुख प्रशिक्षक बस्यालले जेसीजका मिसन भिजन र रणनीति भित्र रहेर कसरी वर्ष सम्पन्न गर्ने ? समुदायसग जेसीजलाई कसरी जोड्ने रु कार्यक्रम हरु गर्न शाखा पदाधिकारीहरुको महत्त्व के रह्न्छ जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।
विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाका अनुसार तालिम आयोजना गर्नुको मुख्य उदेश्य विराटनगर जेसीजको मातृत्वमा स्थापित शाखाहरुसग भावनात्मक र कार्यगत सम्बन्ध बिकासका लागि तालिमको आयोजना गरिएको हो । तालिमले वर्षलाई उत्कृष्ट रुपमा चलाउनका लागि सहजहोस भन्ने उदेश्य रहेको थापाको भनाइ थियो ।