Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गुरुङले गरे बर्जु १ मा वडा अध्यक्षको उम्मेदवारी घोषणा



चैत्र १२ बर्जु । राष्ट्रिय प्रजातन्त्र पार्टीको बर्जु गाउँपालिका र सुनसरी क्षेत्र नं ३ ख को पार्टी कार्यालयको उद्घाटन गरिएको छ ।

बर्जु गाउँपालिकाको शुक्रबारेमा आज एक कार्यक्रमको आयोजना गरि पार्टी कार्यालयको खोलिएको राष्ट्रिय प्रजातन्त्र पार्टी बर्जु गाउँ इकाई अध्यक्ष बिनोद गुरुङले जानकारी दिएका छन् ।

पार्टी कार्यालय उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङले भने स्थानीय तहको निर्वाचनमा बर्जु १ को वडा अध्यक्षमा आफनो उम्मेदवारीको घोषणा गरेका छन् । उनले भने तपाइले जनताले बर्जुमा १ मा माओवादीलाई जिताउनु भयो उसले के गरे ? अब पनि एमाले कँ्रागे्रसलाई भोट दिने त ? एमाले कंँग्रेसले कुनै पनि हालतमा विकास नगर्ने बताएका छन् ।

हाम्रो वडा नं १ मा वर्तमान अध्यक्ष माओवादी कै हुनुहुन्छ वहाँले के के गर्नुभयो ? माओवादीलाई ठुला ठुला सपना देखायो । एमालेले के के गरे तपाइहरुलाई थाहा नै छ । एमालेलाई बहुमतको सरकार बनाउने अवसर दियो तर ३ वर्ष भन्दा बढि टिकाउन सकेन्न् । बहुमतको सरकार ढलेर अहिले परमादेशको सरकार छ । यी दलालहरुले एमसीसी जस्तो सम्झौता गरेका छन् त्यसकारण तपाइलहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वास्तवमा एकपटक हेर्नुपर्ने बेला आएको गुरुङले बताए ।

बर्जु गाउँपालिका मात्र होइनु् अब तपाइले हरेक ठाउँमा राप्रपालाई भोट दिनु पर्ने बेला आएको उनले बताए । मलाई आर्थिक सामाजिक र राजनैतिक रुपमा तपाइहरुको साथमा सदैब रहनेछ् ।

म बर्जु १ लाई छोडेर कहि जानेवाल छैन् । यस्तै पार्टी कार्यालय उद्घाटन कार्यक्रमा बोल्दै राप्रपा सुनसरी जिल्ला अध्यक्ष दुर्गा बहादुर बस्नेत भने राप्रपा पार्टी यस्तो पार्टी हो हामी जनताको १ रुपैया तल माथि गर्दैनौ ? हाम्रो पार्टीका कुनै पनि कार्यकर्ताले भष्ट्रचार गरेको प्रमाण जुट्यो भने हामी साधारण सदस्य समेत नरहनेगरि कारवार्ही गर्नेछौं यो हाम्रो नीति रहेको उनले वताए ।

उनले जोड दिदै थपे एमाले र कांँग्रेस फरक पार्टी हो जस्तो लाग्छ तपाईहरुलाई फरक होइन् माथि केन्द्रमा हेनुस् सबै भागबन्ड गरेर खाने गरेको छ । कार्यक्रममा राप्रपाका कार्यकताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार