Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा भारतीय लहरीले स्कुटरलाई ठक्कर दिँदा सुरक्षा गार्डको मृत्यु



विराटनगर : विराटनगर भन्सार कार्यालय (आईसिपी) छेउमा भारतीय नम्बर प्लेटको लहरीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार राती भारतीय नम्बर प्लेटको एनएल ०२ जी ८९५२ नम्बरको लहरीले ठक्कर दिँदा स्कुटर चालक झापाको मेची नगरपालिका-१३ चारआलिका ४५ वर्षीय राजन गिरीको मृत्यु भएको हो ।

मे १० प ९१६१ नम्बरको स्कुटरमा सवार रहेका गिरी उनी आईसिपीमा सुरक्षा गार्डको रूपमा कार्यरत रहेका थिए । लहरीको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।

स्कुटरलाई ठक्कर दिने लहरी चालक भने फरार छन् । प्रहरीले उनको खोजी कार्य तीव्र पारेको जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक महेन्द्र दर्लामीको नेतृत्वमा प्रहरी परिचालन भएको छ ।

मृतक गिरीको शव अहिले पोस्टमार्टको लागि विराटनगरस्थित कोसी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार