Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

टर्कीको भुकम्पमा परी करिब तीन हजार ८ सयको मृत्यु



एजेन्सी : टर्की र सिरियाको भुकम्पबाट मृत्यु हुनेको संख्या तीन   हजार ८ सय नाघेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था सिएएनका अनुसार ७.८ म्याग्नीच्युडको सो भुकम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन।

मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भुकम्पले हजारौं घरहरु ध्ववस्त बनाएको छ।

टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन्। भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी  छ।

उता सिरियामा ९७८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार