गणेश उप्रेती ‘शुशिल’
साइला !
जलेका मसालहरुको ,
औचित्य समाप्त भए पछि !
जल्ने के हो?
तिम्रो जिउ !
मेरो मन ?
म त बन्धनमा छु मन जलाए,
त्यो देखिएन !
तिमि स्वतन्त्र थियौ,
जिउ जलायौ ,
सन्सारले देख्यो!
जल्ने उहि त हो मन वा जिउ ।
सामन्तलाइ मास्यौ हामिले,
अनि नयाँ सामन्त जन्मिए पछि?
लुटिने के हो ?
तिम्रो तन ,
मेरो मन ?
मन जलेको कस्ले देख्छ?
तन जलेको सबले ।
शोसन त उस्तै छ ,
रुप फेरि फेरि !
तिम्रो मेरो मृत्यु हेर !
पालो हेरि हेरि !!
अवस्था, ब्यवस्था भो भन्न छाड !
सबका सब उस्तै हुन ,
राम्रो सङ जान ।
अनि साइला !
फुलबारीका फूलहरु,
जति फुलाए पनि !
माली जति बैमान भए ,
लाख बिन्ति गरे पनि !
तिम्रो मेरो फुल सबै चिहानमा पुगेपछि,
देउता जम्मै रिसाए छन,
जति खुन बगाएपनि !
शरिर मात्रै बाकि रह्यो!
जलाए वा मारे पनि!
मसालहरु हारेपछि
जल्ने त शरिरनै हो !
साइला माइला जल्ले जलाए पनि!!
सामन्तहरु नयाँ नया आये पछि !!
(उप्रेती प्रदेश १ का प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश सचिव हुन् ।)