विराटनगर : आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । भोजपुरको अरुण गाउँपालिका-२ का ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
श्रीमान श्रीमतीबिच घरायसी विषयमा विवाद हुँदा श्रेष्ठले आफ्नी ४१ वर्षीया श्रीमती गंगा श्रेष्ठलाई घाँटी थिचेर हत्या गरेका हुन् ।
हत्या गरेपछि उनले गंगालाई मल खाडीमा पुरेर राखेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरेका थिए ।
हत्यापश्चात घटनालाई ढाकछोप गर्न नजिकै रहेको मल खाडीमा खाल्डो खनी शव पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको र कारबाहीको प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।