Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रवि लामिछानेकाे सांसद पद खारेज, उपप्रधान तथा गृहमन्त्री पद पनि गयो (संक्षिप्त आदेशसहित)



काठमाडौं : सर्वाेच्च अदालतले उपप्रधान तथा गृमहन्त्री रवि लामिछानेकाे नागरिकता खाेटपूर्ण गरेकाेले पदमा नरहने आदेश दिएकाे छ।

उनकाे नागरिकतासम्बन्धी मुद्दाकाे सुनुवाइ गर्दै सर्वाेच्च अदालतले उनकाे पद खारेज गरिदिएकाे हाे। याे सँगै उनकाे सांसद तथा गृह मन्त्रीका दुबै पद खारेज भएका छन्। त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन्।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ।

लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह थिए।

हेर्नुहाेस् संक्षिप्त आदेशसहित

 

प्रतिक्रिया
सम्बन्धित समाचार