Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रेम आचार्यले आत्मदाह गरेको एक दिन नबित्दै विराटनगरका एक व्यापारीले गरे आत्महत्या

आत्महत्याअघि लेखेका थिए तीन पानाको सुसाइट नोट



विराटनगर : मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि आफैलाई आगो लगाएर आत्मदाह गरेका प्रमेप्रसाद आचार्यको निधन भएको एक दिन नबित्दै विराटनगरमा एक व्यवसायीले आत्महत्या गरेको छन् ।

आर्थिक भार खेप्न नसकेको जनाउँदै विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार न्यौपानेलाई बुधबार आफ्नै घरमा अवस्थामा फेला पारिएको हो । उनले इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका थिए । मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्षसमेत न्यौपाने श्रीमतीसहित एक छोरा र एक छोरीसँग आफ्नै घरमा बस्दै आएका थिए ।

न्यौपानेले आत्महत्या गर्नुअघि एउटा डायरीमा तीन पानाको सुसाइट नोट लेखेका छन् । आर्थिक भारका कारण आफूले मृत्युवरण गर्नुपरेको उनले उक्त नोटमा उल्लेख गरेका छन् ।

बुबाआमासहित परिवारलाई सम्बोधन गर्दै लेखेको सुसाइट नोटमा उनले बैंक र ऋणका कारण आफूले मृत्युवरण गर्नुपरेको र आफू बाँच्न लायक नभएको उल्लेख गरेका छन् ।

न्यैपानेले उक्त सुसाइट नोटमा व्यवसायीक प्रयोजनको लागि विभिन्न बैंक तथा वित्तिय संस्था र व्यक्तिहरुसँग लिएको रकम पनि उल्लेख गरेका छन् । व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएको र बैंकको किस्ता ५ लाख गरी १ करोड ५० लाखको आर्थिक भार रहेको सुसाइड नोटमा उल्लेख छ । न्यौपानेले अर्को दुई सहकारीमा १० लाख ऋण भएको उल्लेख गरेका छन् ।


आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन, यस्तो लेखेका थिए सामाजिक सञ्जालमा

प्रतिक्रिया
सम्बन्धित समाचार