Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

खानेपानी मन्त्रीको निर्देशन- ‘मन्त्रालयमा बोतलको होइन, धाराको पानी ल्याउनू’



काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले पदभार ग्रहणलगत्तै बोतलको पानी मन्त्रालयमा किन भनेर प्रश्न गरेका छन्। माघ २ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम जनमत पार्टीका खानलाई खानेपानी मन्त्रालयका जिम्मेवारी दिइएको हो।

खानेपानीमन्त्री अब्दुस खानले बुधबार पदभार ग्रहण गर्दै सिंहदरबारभित्रका हरेक मन्त्रालयका छतमा ट्यांकी राखेर वा धारा जडान गरेर केयुकेएलअन्तर्गतकै खानेपानीको व्यवस्था गर्ने घोषणा गरेका हुन् । उनले यो काम तीन दिनभित्र गर्न मन्त्रालयका सचिव मणिराम गेलाललाई निर्देशन दिएका छन् । सिंहदरबारभित्र हुने सभा, गोष्ठी, सम्मेलनजस्ता कार्यक्रममा निजी खानेपानी उद्योगबाट खरिद गरिएका बोतल र जारको पानी नल्याउन पनि मन्त्री खानले कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्री खानले सरकार र पार्टीबीचको राजनीतिक कारणले मन्त्रालय आउन ढिला भएको भन्दै कर्मचारीसँग मतभेद नभएको बताए। खानेपानी व्यवस्थापनलाई थप मजबुत बनाउनका लागि केयूकेएल, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन र आयोजना कार्यान्वयन निर्देशनालयलाई एकीकृत गर्ने गठित सचिवस्तरीय समिति निर्माण गर्ने प्रस्तावनामा मन्त्री खानले पहिलो हस्ताक्षर पनि गरेका थिए।

खान डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका हुन्। उद्योग वा कृषि मन्त्रालय पाउनुपर्ने अडानमा रहेको जनमतलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले खानेपानी मन्त्रालय दिएको हो।खानेपानी मन्त्रालयप्रति डा. राउतको असन्तुष्टि छ। यही असन्तुष्टिको कारण जनमत पार्टी सरकारबाट बाहिरिने बताइरहे पनि मन्त्री खानले ढिलागरी पदभार ग्रहण गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार