विराटनगर । आजदेखि शहीद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापना एवं विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सप्ताह मनाइन्छ ।
शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको सम्झनामा काठमाडौं महानगरपालिकाले आज बिहान टेकु मचलीमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।