Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रविले राखे आफूलाई उपप्रधानमन्त्रीबाट हटाउने प्रस्ताव



विराटनगर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

उनले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको भएपनि आफूले भने गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाएपनि तयार रहेको बताए । उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन शुरु गरेपनि तयार रहेको उनको भनाई छ ।
‘उपप्रधानमन्त्रीहरू बन्दै गएका कुराहरू छन् । यसले थप भार पार्ने भन्दापनि गठबन्धनबाट गर्ने भनिएको हो ।

हटाउने भएपनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन,’ गृहमन्त्री लामिछानेले भने, ‘अभ्यास हो यो तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ । मैले प्रस्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार