Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पोखरा विमान दुर्घटना : सेती खोँचमा भेटियो ‘ब्ल्याक बक्स’



विराटनगर : पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उद्धारका क्रममा ब्ल्याक बक्स भेटिएको बीबीसीमा उल्लेख छ । “ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो,” उनले भने।

आइतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एअरलाइन्सको 9N-ANC, ATR-72 500 विमान दुर्घटनाग्रस्त भएको थियो।

काठमाडौंबाट पोखरा उडेको उक्त विमान घारीपाटनस्थित मानव बस्तीबाट करिब २०० मिटर मात्रै पर सेती नदीको खोँचमा खसेको हो। विमानमा सवार कुल ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ भने हराइरहेका चार जनाको खोजी भइरहेको छ।

यो नेपालको करिब तीन दशकयताकै सबैभन्दा ठूलो मानवीय क्षति गर्ने हवाई दुर्घटना भएको जानकारहरूले बताएका छन्।

दुर्घटना के कारणले भयो भन्ने कुरा स्पष्ट छैन। घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन सरकारले पाँच-सदस्यीय जाँच आयोग गठन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार