Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारीमा जग्गा कित्ताकाट खुल्ला



उर्लाबारी नगरपालिका : फायल तस्बिर

उर्लाबारी : मोरङको उर्लाबारी नगरपालिकाले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले नापी कार्यालयसँगको समन्वयमा कित्ताकाट खुल्ला गर्ने निर्णय भएको जनाएको हो ।

लामो समयदेखि कित्ताकाट अवरुद्ध हुँदा जग्गाको किनबेचमा उल्झन थपिएका कारण कित्ताकाट गर्ने निर्णय गरिको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नी अधिकारीले जानकारी दिए । उर्लाबारी नगर क्षेत्रमा भूउपयोग क्षेत्र निर्धारण गरिएको छ ।

नगरपालिकाले व्यावसायिक, आवासीय, औधोगिक र कृषियोग्य भूमि क्षेत्र निर्धारण गरिएको जानकारी दिएको छ । फरक क्षेत्रको फरक कर निर्धारण गरिएको र त्यसलाई आगामी आर्थिक वर्ष २०८०र०८१ देखि लागू गरिने नगर प्रमुख गंगाप्रसाद खरेलले बताए ।

निर्धारित व्यावसायिक क्षेत्रअन्तर्गत पूर्वपश्चिम राजमार्गदेखि उत्तरदक्षीण एक सय मिटर, वडा नम्बर ४ आइतबारे बजारदेखि पाँच सय मिटर, मधुमल्ला–राजघाट सडकको दायाँ वायाँ एक सय मिटर, ‘क’ वर्गको सडकको दायाँ वायाँ ५० मिटर, मंगलबारे बजारको एक किलोमिटर, उर्लाबारी बजारको एक किलोमिटर, वडा नम्बर ८ र ९ को दुर्गापुरी बजारको दुई सय ५० मिटर तथा आमबारी र अठियाबारी बजारको एक सय ५० मिटर सेरोफेरो रहेको छ ।

यसैगरी निर्धारित आवासीय क्षेत्रअन्तर्गत पूर्व पश्चिम राजमार्गको व्यावसायिक पछि उत्तर दक्षीण एक सय ५० मिटर, मधुमल्ला–राजघाट सडकको व्यावसायिक पछि दायाँ वायाँ एक सय मिटर, ‘क’ वर्गको सडकको व्यावसायिक पछि दायाँ वायाँ ५० मिटर, ‘ख’ वर्गको सडकको दायाँ वायाँ ७५ मिटर र अन्य सडकको दायाँ वायाँ २५ मिटरभित्रको भू–भाग रहेको छ ।

वक्राह र मावा नदी किनार तथा बाँकी रहेका सम्पूर्ण क्षेत्र कृषिका लागि उपयोग गरिने नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार