विराटनगर : विराटनगर महानगरपालिकाले कोशी अस्पताल अगाडि निर्माण गरिएका अनाधिकृत संरचना डोजर चलाएको छ । नक्सा पास नगरी बनाएका अनाधिकृत संरचना हटाउने बिहीबारबाट अभियान सुरु गरेको हो ।
नक्सा पास गर्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि महानगर प्रहरीले डोजर लगाएर अनाधिकृत संरचना हटाएको जनाएको छ । कोशी अस्पतालले सटरको नक्सा पास गरेको थिएन ।
सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानप्रति स्थानीयले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रदेश राजधानीसमेत रहेको विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन महानगरले अभियान सुरु गरेको छ ।