Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अब विराटनगरबाटै श्रम स्वीकृति



काठमाडौँ : सरकारले विराटनगर र जनकपुरबाट वैदेशिक रोजगारमा जाने युवाहरूका लागि श्रम स्वीकृति दिने भएको छ। आगामी आइतबारबाट श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति दिन लागेको हो।

काठमाडौं केन्द्रीत सेवालाई विकेन्द्रीकृत गराउँदै लैजाने उदेश्यका साथ विस्तार गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

सरकारले यस्तो सेवा पोखरा र बुटवलमा पनि विस्तार गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार