Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पाँचथरमा आगलागी हुँदा दुई जनाको मृत्यु, दुई घाइते



विराटनगर : पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारको एक घरमा आगलागीमा हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति साढे १ बजे स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो ।

आगलागीमा परी २२ वर्षीया ममता गुरुङ र २३ वर्षीया आसाङसिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै आगलागीमा परी ५५ वर्षीय मेघबहादुर गुरुङ र छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् । सो घरमा ७ जना सुतेका थिए । ३ जनाले भने भागेर ज्यान बचाउन सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए ।

आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको कारण भने खुलेको छैन ।

आगोमा जलेर क्षतिग्रस्त भएको घर । तस्वीर सौजन्य : नेपाल प्रहरी ।

प्रतिक्रिया
सम्बन्धित समाचार