Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हरिपुरमा बृहत सरसफाई



विराटनगर । कोशी गाउँपालिकाको हरिपुरमा सरसफाई गरिएको छ । सेभ द अर्थ सुनसरी र फेयर मेडले संचालन गरेको विश्वास परियोजना अन्र्तगत सरसफाई गरिएको हो । कोशीको ७ नंम्बरका वडा अध्यक्ष लालदेव सदा सरसफाई गदै भने ‘ हाम्रो घरआँगन तथा चौक नियमित सफा राख्न सक्यो भने धेरै रोगहरुबाट बच्न सकिने उनले बताए ।’

सरसफाईमा वडाका सम्पुर्ण कर्मचारीहरु, स्वास्थ्यकर्मी तथा स्थानीयबासीको सहभागिता रहेको सेभ द अर्थका स्वास्थ्य सहजकर्ता सन्तोष साहुले बताए ।विश्वास परियोजना प्रदेश नं १ को सुनसरी , झापा र मोरङ ३ जिल्लाका २५ पालिकामा संचालित छन ।

कुष्ठरोग,हात्तीपाईले,कालाजार,डेंगु,रेविज,खस्रे रोग,सर्पदंश,लुतो, नाम्लेजुका र जुका लगायत १० प्रकारका रोगहरू बढी देखिने गरेको र यो रोगका कारण मानिसहरू विरामीहुनुका साथै अङ्गभङ्गका र अपाङ्ग समेत हुने जसका कारण राज्यको ठुलो धनराशी खर्च हुने भएकोले र अधिकासं रोगहरू सरसफाइको कमीले गर्दा लाग्ने रोगहरू हुन। यसलाई न्युनिकरण गर्न र समयमै टेवा पुर्याउनका लागी यो सरसफाई कर्यक्रमको आयोजना गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार