Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ का संसदहरुको शपथग्रहण आज, ५ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने



विराटनगर : प्रदेश १ का नवनिर्वाचित संसदहरुले आज दिउँसो शपथग्रहण गर्दैछन् । प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द गनगाईंले प्रदेशसभा सदस्यहरुलाई दिउँसो १ बजे शपथ खुवाउने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

ज्येष्ठ सदस्य गनगाईंलाई साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ खुवाउने छन् ।

९३ जनाको प्रदेशसभामा पाँच जना संसदले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

पाँचथर १ (१) बाट निर्वाचित इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित खिनु लङ्वा लिम्बु, पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, ताप्लेजुङ १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जसपाको समानुपातिकबाट निर्वाचित निर्मला लिम्बूले लिम्बू भाषामा शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार