Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड



काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्राे पटक प्रधानमन्त्री बनेका छन्।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीकाे समर्थनमा दावी पेश गरेका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। याे सँगै प्रचण्ड नेपालको ४४औँ प्रधानमन्त्री बनेका छन्।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा ३२ सिटसहित तेस्राे दल बनेकाे माओवादी प्रमुख दललाई स्तब्ध बनाउँदै सरकारकाे नेतृत्वमा गएकाे छ।

१० वर्षे सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आए लगत्तै भएको निर्वाचनपछि दाहाल २०६५ भदौमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। भने, वि.सं. २०७३ सालमा दाेस्राे पटक प्रधानमन्त्री बनेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार