काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता विमलेन्द्र निधिलाई बालकोट पठाएका छन्। एमालेले गठबन्धन छाड्ने धम्की दिएपछि नेपाली कांग्रेसले एमालेसँग संवाद अगाडि बढाएको हो ।
गठबन्धको बैठकलगत्तै बालकोट पुगेर निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्।
उनीहरूबीच एमाले र कांग्रेसको सम्भावित सत्ता समीकरणबारे छलफल भएको स्रोतको दाबी छ। भेटमा निधिले सम्भावित समीकरणका लागि एमालेसँग छलफल गर्न कांग्रेस तयार रहेको प्रधानमन्त्रीको सन्देश ओलीलाई सुनाएका थिए।
गठबन्धन बैठक अगाडि माओवादी अध्यक्ष प्रचण्डले उपमहासचिव वर्षमान पुनलाई प्रधानमन्त्री देउवालाई भेट्न पठाएका थिए। पुनले प्रचण्डलाई प्रधानमन्त्री नबनाए गठबन्धन तोड्ने चेतावनी दिएका थिए।
एमाले अध्यक्ष ओलीले पनि आज एक कार्यक्रममा प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा नहुने बताएका थिए। एमालेमा र कांग्रेसमा दुई दलबीच सहकार्य गरेर अघि बढ्न केही नेताहरुले सुझाब दिँदै आएका छन् ।