Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ओली भेट्न बालकोट पुगे रवि लामिछाने



काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन केही घण्टा मात्र बाँकी रहँदा लामिछाने ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल पनि सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार