Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको किड्स स्कुलमा विभिन्न कार्यक्रम सम्पन्न



विराटनगर : विराटनगरको किड्स भिलेज स्कुलले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । शनिबार स्कुलले माई एक्सप्लोर इभेन्ट अन्तर्गत विद्यार्थीहरुलाई कला, संस्कृति र धर्मसँग सम्बन्धित पोशाक, खाना, चाडपर्व र गरगहनालगायतका विषयमा प्रस्तुत गरेका छन् ।

यस्तै बोटबिरुवा, नेपाली, अंग्रेजी, गणित र ल्याब विषयका पजल गेमहरु र फोहोर व्यवस्थापनका विषयमा विद्यार्थीहरुले अभिभावकसमक्ष आफ्नो प्रस्तुति देखाएका थिए ।

उनीहरूले पढेको, देखेको र सुनेको कुरालाई व्यवहारिक रुपमा अभिभावकसमक्ष गरेको प्रस्तुतिलाई अभिभावकहरुले रुचाएका छन् ।

कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै बोल्न सक्ने क्षमताको पनि विकास हुने स्कुलका अध्यक्ष मदन खतिवडाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार