Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको हिमालय रोड एक महिनाभित्र सञ्चालनमा ल्याउने तयारी



विराटनगर : विराटनगरमा निर्माणाधिन हिमालय रोडको सबै संरचना निर्माण सम्पन्न गरेर एक महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ । सिक्किमको एमजी रोडको नमुनाका रुपमा विराटनगरमा निर्माण सुरु गरिएको उक्त रोड एक महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि निर्माणले गति लिन नसकेको रोडका ठेकेदारलाई महानगरका मेयर नागेश कोइरालाले चाडै निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । सडकमा हाल बत्ती जडान, फाउन्टेन निर्माण, टायल बिछ्याउने लगायतका काम भइरहेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एक महिनाभित्र सबै काम नसके निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन् । बिहीबार कोइरालाले प्राविधिक टोलीका साथ निर्माणको अवस्थाका विषयमा अनुगमन गरेका छन् ।

यस्तै महानगरले जिल्ला प्रशाासन मोरङ अगाडि देखिँदै आएको पार्किङ समस्या समाधान गर्न लागि परेको छ । महानगरले प्रशासनको गेट दक्षिण तथा शहीद रंगशाला उत्तरमा रहेको खाली जग्गामा पार्किङको व्यवस्थापन गर्न सफाई सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार