Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्थिरता कायम गर्न कांग्रेस-एमाले मिलेर सरकार बनाउन लिङ्देनको सुझाव



काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा स्थिरता कायम गर्नका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमाले र कांग्रेस मिलेर सरकार निर्माण गर्न सुझाव दिएका हुन् ।

अहिले कायम रहेको गठबन्धनले सरकार बनाए पनि आफू प्रतिपक्षमा बसेर जनताका काम गर्न तयार रहेको उनको भनाई छ बताए ।

लिङ्देनले सरकार निर्माण र मन्त्रीका लागि मात्र आफू सरकारमा नजाने बताए । अबको सरकार हिजोको जस्तो बन्न नहुने भन्दै उनले जनमुखी काम गर्ने सरकार आवश्यक रहेको औँल्याए ।

उनले आफ्नो पार्टीले सोचे अनुसारको सिट प्राप्त गर्न नसकेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार