Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको जहदाबाट १ लाख ८० हजार मूल्य बराबरको तस्करीको गहुँ बरामद



विराटनगर : सशस्त्र प्रहरीले मोरङको जहदा गाउँपालिका–७ तारेगामाबाट ६ हजार किलोग्राम तस्करीको गहुँ बरामद गरेको छ । मंगलबार साँझ भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याउँदै गरेको गहुँ सशस्त्रको बीओपी नोचाबाट खटिएको टोलीले बरामद गरेको हो ।

सशस्त्रले इन्जिनको भाग नभएको ट्याक्टरको ट्रलीमा लोड गरेर राखेको अवस्थामा गहुँ फेला पारेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।

भन्सार छली गरेर ल्याएको ६ हजार किलोग्राम गहुँ १ लाख ८० हजार मूल्य बराबरको रहेको उनले बताए ।

प्रहरीले ट्याक्टरको ट्रलीसहित गहुँलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार