विराटनगर : पूर्वेलीप्रेसकर्मी विक्रम लुईटेललाई नेपाल पत्रकार महासंघ प्रदेश १ ले सम्मान गरेको छ । महासंघका पूर्वअध्यक्षसमेत रहेका लुईटेललाई पत्रकार महासंघको दोश्रो साधारणसभाका अवसरमा सम्मान गरिएको हो ।
लुईटेलले प्रदेशमा महासंघ स्थापना गर्र्न महत्वपुर्ण भूमिका निर्वाह गरेका कारण सम्मान गरिएको पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले उनलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका छन् ।
लुईटेल प्रदेश १ को राजधानी विराटनगरबाट सञ्चालित रेडियो पूर्वेली आवाज र पूर्वेलीप्रेस डटकमका सञ्चालक हुन् ।