विराटनगर : मोरङको विराटनगर महानगरपालिकाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८७ मिलिग्रामसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–२ बस्ने २१ वर्षीय मनिष लिम्बू र सोही ठाउँ बस्ने २४ वर्षीय सुरज गिरी रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।